मुख्य समाचार

महासचिव विप्लव सीलाई मधेस प्रदेशमा भव्य स्वागत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी मधेस प्रदेशमा भव्य स्वागत गरिएको छ । सो पार्टीको प्रदेश स्तरिय आन्तरिक प्रशिक्षणलाई सम्बोधन गर्न महासचिव विप्लव सी सोंबार साँझ मधेस प्रदेशको बर्दिवास पुगेका हुन् । मंगलबार महाेत्तरी जिल्लाको बर्दिवासमा हुने पार्टीको प्रदेश स्तरिय प्रशिक्षणका लागि महासचिव विप्लव सी बर्दिवास पुगेका हुन् । बर्दिवासमा स्थानीय जनताले खादा, […]

२०८१ बैशाख २५ गते, मंगलवार

नेकपाले सहिद कुमार पौडेलको स्मारक बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धकालिन ,एकीकृत क्रान्ति र मधेस आन्दोलनका सहिदहरुका स्मृति दिवस मनाउनेदेखि एकीकृत क्रान्तिका महान सहिद कुमार पौडेलको स्मृतिमा स्मारक बनाउने निर्णय गरेको छ । सर्लाहीको लालबन्दीमा नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीको अध्यक्षतामा हालै सम्पन्न बैठकले सो निर्णय हो । बैठकले सुकुम्बासी समस्या, मिटरब्याजी पिडित र लघुवित्त […]

२०८१ बैशाख २३ गते, आईतवार

‘राष्ट्रियताको रक्षाका लागि चार कुरामा ध्यान दिनुपर्दछ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा नेपाल चीन मैत्री समाजका अध्यक्ष सुशिल सीले राष्ट्रियताको रक्षाका लागि चार कुरामा ध्यान दिनुपर्ने बताएका छन् । शुक्रबार नेपाल चीन मैत्री समाजले आयोजना गरेको ‘नेपालको राष्ट्रियता र थपिएका चुनौति’ विषय अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।उनले नेपालको राष्ट्रियता भूराजनीति, आर्थिक, प्राविधिक र पार्टीहरुको आत्मागत […]

२०८१ बैशाख २२ गते, शनिबार

‘चुनावलाई समाजवादी अभियानको रुपमा प्रयोग गर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनावलाई समाजवादी अभियानको रुपमा प्रयोग गर्नु पर्ने बताएका छन्। सो पार्टीद्वारा धरानमा आयोजित कोशी प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महासचिव विप्लव सीले कम्युनिस्ट र क्रान्तिकारी जनमतलाई समाजवादी आन्दोलनमा परिवर्तन गर्नुपर्ने बताउदै चुनावलाई संसदीय खेलको लागि मात्रै प्रयोग नगर्ने उल्लेख गर्दै […]

२०८१ बैशाख २० गते, बिहीबार

‘देशको अवस्था निकै तरल र गम्भीर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशको अवस्था निकै तरल र गम्भीर मोडमा पुगेको ठोकुवा गरेका छन। सो पार्टीको नवौं केन्द्रीय समितिको पाँचौ पूर्णबैठकका निर्णयहरु सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले देशको अवस्था निकै तरल र गम्भीर मोडमा रहेको विश्लेषण गर्दै वामपन्थीबिच फराकिलो मोर्चा निर्माण […]

२०८१ बैशाख १८ गते, मंगलवार

समाजवादी पक्षधरहरुलाई एक गर्ने पहल भइरहेको छ (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले नेपालका सम्पूर्ण समाजवादी पक्षधरहरुलाई एक गर्ने पहल भै रहेको खुलाशा गरेका छन् । समाजवादी मोर्चा नेपाल, रसुवाद्वारा शनिबार आयोजित ‘समाजवादी अर्थव्यवस्था र आर्थिक रूपान्तरणमा जनसहभागिता’ बिषयक अन्तरक्रिया कार्यक्रम तथा संदेश सभालाई सम्बोधन गर्दै उनले सो खुलाशा गरेका हुन्। संयोजक विप्लव सीले देशको […]

२०८१ बैशाख १५ गते, शनिबार

बेपत्ताहरुको स्थिति सार्वजनिक नहुनु दु:खद

काठमाडौँ । राज्यद्वारा बेपत्ता पारिएका अखिल (क्रान्तिकारी)का तत्कालीन महासचिव पुर्ण पौडेलको स्मृतिमा बेपत्ता नागरिक र शान्ति प्रक्रिया´ बिषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बेपत्ताहरुको स्थिति सार्वजनिक नहुनु दु:खद भएको बताएका छन। उक्त अन्तरक्रिया कार्यक्रममा बेपत्ता योद्धा परिवारका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता एकराज भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथी विभिन्न क्षेत्रका जानकारहरुले टिप्पणी गर्दै १ हजार ९५ बेपत्ताहरुको […]

२०८१ बैशाख १४ गते, शुक्रबार

नेकपाका महासचिव विप्लव सी रसुवा जाँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी यही वैशाख १५ गते रसुवामा हुने एक कार्यक्रममा सहभागी हुन जाने भएका छन् । बैशाख १५ गते रसुवा जिल्लाको कालिकास्थानस्थित कालिका उच्च मा.वि.को सभाकक्षामा हुने ‘समाजवादी अर्थव्यवस्था, चिलिमे मोडेल र आर्थिक रूपान्तरणमा जनसहभागिता’, विषयक गोष्ठिमा भाग लिन संयोजक विप्लव सी रसुवा जान […]

२०८१ बैशाख १३ गते, बिहीबार

‘चुनावपनि राजनीति संघर्षको एउटा मोर्चा हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनावपनि राजनीति संघर्षको एउटा मोर्चा भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सोमबारदेखि सुरु भएको केन्द्रीय प्रतिनिधि समिति बैठकमा २२ पृष्ठ लामो प्रस्ताव पेस गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण […]

२०८१ बैशाख ११ गते, मंगलवार

‘नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टी एक हुनुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टीहरु एक हुनुपर्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा आयोजित ७५औं पार्टी स्थापना दिवसमा अवसरमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुस्पलालको इतिहास दोहो¥याउनु पर्ने बताएका हुन् ।महासचिव विप्लव सीले २००६ सालको कम्युनिस्ट पार्टीको इतिहास नेपाल कम्युनिस्ट पार्टीमा आएर जोडिएको उल्लेख गर्दै […]

२०८१ बैशाख १० गते, सोमबार