नेकपाद्वारा ईश्वरपुर नगर कमिटी गठन

२०८१ असार ५ गते, मंगलवार


काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टीको नगर कमिटी गठन भएको छ । आइतबार नगरपालिकाको वडा नम्बर १ स्थित मियाँ गाउँमा बसेको पहिलो बैठकले सिता सीको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेको हो । बैठकमा नेकपा केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कमल सीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला सचिव जनक सीको आतिथ्यता रहेको थियो । सिता सीको अध्यक्षतामा बसेको बैठक सोवित सीले संचालन गरेका थिए ।
प्रदेश संरचनामा गएपछि नेकपा मद्येस प्रदेशले पार्टी गतिविधिलाई तिब्रता दिएको छ । नेकपा स्थायी समिति सदस्य अनिल सी प्रदेशको इन्चार्जको जिम्मेवारीमा आएपछि यहाँको पार्टी चलायमान भएको छ भने पार्टी गतिविधिहरु तिब्रता गएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु