रुसद्वारा युक्रेनको सयभन्दा बढी ड्रोन नष्ट

10:50 am


काठमाडौं । रुसले युक्रेनका सयभन्दा बढी ड्रोन र ६ वटा मानवरहित डुंगा नष्ट गरेको दाबी गरेको छ । रुसले सबैभन्दा गम्भीर हमला दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा भएको दाबी गरेको छ । अनलाइन पोस्ट गरिएको भिडियोले क्षेत्रको येइस्कमा रहेको सैन्य एयर बेस नजिकै आगलागी देखाएको छ ।
क्रास्नोडार अधिकारीहरूले सैन्य अड्डा नजिकैका घटनाहरूबारे टिप्पणी गरेका छैनन् तर इल्स्की नजिकैको तेल रिफाइनरीको प्रशासनिक भवनहरूमा आगलागी भएको बताएका छन्। -एजेन्सी

प्रतिक्रियाहरु