नेकपा धनुषाद्वारा चर्को मुल्यवृद्धी, लघुवित्तको ज्यादती र मिटरव्याजीविरुद्ध प्रदर्शन

6:20 pm


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी धनुषाले चर्को मुल्यवृद्धी, लघुवित्तको ज्यादती र मिटरव्याजीविरुद्ध विरोध प्रदर्शन गरेको छ । सो पार्टीले सोमबार चर्को मुल्यवृद्धी लघुवित्तको ज्यादती र मिटर व्याजीविरुद्ध मखनाहादेखि नगरपालिकासम्म हुँदै चौतारासम्म विरोध प्रदर्शनसहित कोण सभा सम्पन्न गरेको हो । मद्येस प्रदेशको निर्णय अनुसार भएको प्रदर्शनमा नेकपाका पिबिएम तथा धनुषा इन्चार्ज देवनारायण सीले नेतृत्व गरेका थिए
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका पिबिएम तथा धनुषा इन्चार्ज देवनारायण सीले नेपाली नागरिकको जीवन अभावलाई वैज्ञानिक समाजवादले मात्र अन्त्य गर्ने बताए । उनले जनताको जीवन सुविधा सम्पन्न गर्न नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा दलाल पुँजीवादी व्यवस्थाको अन्त्य र नेपाली विशेषताको समाजवाद यानी वैज्ञानिक समाजवादी व्यवस्था कायम गर्दै सम्पूर्ण अभावको अन्त्य गर्ने बताए । उनले नेपाली विशेषताको समाजवादमा शिक्षा, स्वास्थ्य बेरोजगारी, सन्तुलित गाँस, आधुनिक सुविधा सम्पन्न वाँस र कपासको साथै आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन आठ घण्टा आराम र स्वतन्त्रता सम्मानको जिम्मा लिने आँटसहित नेकपा संघर्षमा होमिएको बताए । साथै उनले नेपाली श्रमिक जनतालाई पार्टीको यो अभियानमा जोडिएर साथ दिन अपील समेत गरे ।
उक्त कोणसभा पार्टी केन्द्रीय प्रतिनिधी तथा धनुषाधाम इन्चार्ज राजकुमारी सीले संचालक गरेका थिए भने सभामा पार्टी डिसिएम मन्दिरा सी, पार्टी डिसिएम गौरी सी, दिपेन्द्र सी, अखिल समाजवादी जिल्ला अध्यक्ष रमन सी, अनेमसंघ क्रान्तिकारी मधेश प्रदेश सदस्य सुनिता सी, डिसिएम चन्दर सी, युवा केन्द्रिय सदस्य मनोज सीको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु