युवा संगठन नेपालद्वारा युवाहरुलाई विदेश लगेर अलपत्र पार्ने मास्टर जब म्यानपावर कम्पनी घेराउ

7:30 pm


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले म्यानपावर कम्पनी घेराउ गरेको छ। मंगलबार काठमाडौँको बसुन्धारास्थित मास्टर जब म्यानपावर कम्पनीले वैदेशिक रोजगारीको नाममा सयौं युवाहरुलाई मोटो रकम असुली गर्दै विदेशमा पठाएर अलपत्र पारेको भन्दै चेतावनी स्वरुप कम्पनी घेराउ गरेको हो।
ताजकिस्तान लगाएतका देशहरुमा कामको ग्यारेन्टी भएको प्रलोभन देखाएर श्रम स्वीकृति नै नगराई प्रत्यक युवाहरुसंग दुई देखि ३ लाख रकम असुलेर विदेश पठाएर अलपत्र पारेको रिपोर्ट आएपछि चेतावनी स्वरुप कार्यालय घेराउ गरिएको संगठनका अध्यक्ष दिनेश सीले बताए।
उनले भने, “श्रम स्वीकृति नै नलिएको म्यानपावरले युवाहरुलाई श्रम उतै हुन्छ भनेर पठाएको तर त्यहाँ पुगेर उसले भनेको कम्पनीमा बुझ्दा म्यानपावर र उक्त कम्पनीबीच कुनै चिनजान नरहेको प्रतिक्रिया आएपछि म्यानपावरले हाम्रो काम त्यहाँसम्म पठाउने हो। अब हाम्रो काम सकियो भनेपछि फेरि ऋण गरेर नेपाल फर्किएका ति युवाहरुले आफ्नो संगठनसंग रकम फिर्ता गरिदिन आग्रह गरेपछि चेतावनी स्वरुप घेराउ गरिएको हो।”
म्यानपावरका ठगीका श्रीङ्गखालामध्ये यो एउटा सामान्य उदाहरण मात्र भएको बताउँदै देशैभरिका १६ सय म्यानपावर मध्ये १५ सयले ठग्ने गर्छन्, यस्ता ठगीका बिरुद्ध देशैभर यो आन्दोलनलाई ससक्त पार्ने नेता दिनेशले बताए।


संगठनको आन्दोलनपछि प्रदर्शनस्थलमै म्यानपावरका संचालकले १ हप्ताभित्रमा पिडितहरुको रकम फिर्ता गर्ने प्रतिवद्दता जनाएको संगठनका उपाध्यक्ष विश्लेषण सीले बताए।
उनले भने, “एकहप्ताभित्र पिडित सबैको रकम फिर्ता गर्ने सहमति भएको छ यदी कार्यान्वनमा आनाकानी गरे अर्को ससक्त प्रतिरोध युवा संगठनले गर्छ यदी बेवास्ता गरियो शक्तिको आडमा र पिडित र हाम्रा कुरा सुनिएन भने सडकमा ल्याएर तिनी दलालहरूलाई नाङ्गेझार पार्छौं।”
बसुन्धारा चौकीबाट बिभिन्न नारा अंकित झण्डा र जुलुशसहित म्यानपार कम्पनी घेर्न पुगेको सयौं युवाको टोलीले कम्पनीको मुलगेटमा ब्यानर टाँसेर प्रदर्शन गरेको थियो।
त्यहाको संचालक प्रमुखलाई बाहिर आउन अनुरोध गर्दा अटेरी गरेपछि युवाको टोली कार्यालय भित्रै प्रवेश गरेर प्रदर्शन गरेको थियो। घेराउ कार्यक्रम अन्तिममा कोण सभामा परिणत भएको थियो सभाको संचालन उपाध्याक्ष विस्लेषण सीले गरेका थिए भने मुख्य सम्बोधन अध्यक्ष दिनेश सीले गरेका थिए। -शाहास भट्ट

प्रतिक्रियाहरु