नेकपा केन्द्रीय राजनीतिक सम्वाद तथा परिचालन समितीको प्रथम बैठक सम्पन्न

२०८२ बैशाख ८ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय राजनीतिक सवाद तथा परिचालन समितीको प्रथम बैठक समितिका प्रमुख एबम पार्टी प्रवक्ता प्रकाण्ड सी को अध्यक्षतामा सम्पन्न भएको छ। आइतबार नेकपाको केन्द्रीय सम्पर्क कार्यालय, बुद्धनगरमा बसेको उक्त बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, प्रतिगमनको चलखेल, आगामी कार्य योजना एबम राजनीतिक निकासका लागि पार्टीले खेल्नु पर्ने भुमिकाको बारेमा छलफल भएको बताइएको छ ।
बैठकले प्रतिगमन र यथास्थितिवादबाट मुलुकको निकास सम्भव नभएको निस्कर्ष सहित अग्रगामी बाटो र नेपाली विशेषताको समाजवादले मात्र वर्तमान समस्याहरुको हल गर्न सक्ने भएकाले त्यसका लागि अग्रगामी, देशभक्त एबम क्रान्तिकारी शक्तिहरुको ध्रुवीकरण, सहकार्य, कार्यगत एकता, एकता, मोर्चा आदि जे सम्भवहुन्छ त्यो दिशामा पहल गर्न, राजनितिक सम्वाद, भेटघाट, वार्ता एबम छलफल र अन्तरक्रियाहरुलाई घनिभुत बनाउने निर्णय गरेको बताइएको छ ।
साथै उक्त बैठकले यहि बैशाख ९ गते भब्यरुपमा सम्पन्न हुन लागिरहेको १५६ औ लेनिन जयन्ती र ७७ औ नेपाल कम्युनिस्ट पार्टीको पार्टी स्थापना दिवसको अवसरमा हुन लागिरहेको बृहत् ध्रुवीकरण कार्यक्रमलाई प्रभावकारीरुपमा सम्पन्न गर्न पहल गर्ने निर्णय लिएको छ । बैठकमा केन्द्रीय राजनीतिक सम्वाद तथा परिचालन समितीका सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]