जेनजी आन्दोलनमा जले उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा
काठमाडौँ । जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेर नष्ट भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पुनः परीक्षा गर्ने भएको छ । सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा ४ मंसिरदेखि हुनेछ ।
जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेका थिए । सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको प्रवक्ता टैलेन्द्र आचार्यले बताए । उनका अनुसार प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएका हुन् ।
