आज विश्व अण्डा दिवस

२०८२ आश्विन २४ गते, शुक्रबार


काठमाडौँ । आज अक्टोबर महिनाको दोस्रो शुक्रबार अर्थात २९औं विश्व अण्डा दिवस। विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै सन् १९९६ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार ‘विश्व अण्डा दिवस’ मनाउने परम्परा रही आएको छ । यस वर्ष नेपाल लेयर्स कुखुरापालक संघ र नेपाल भेटेरीनरी एशोसियशनको संयुक्त आयोजनामा तथा अमेरिकन सोयाविन एशोसियशनको सहयोगमा ‘पोषणको शक्तिशाली श्रोत अण्डा’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमहरू भइरहेको छन्।
अण्डा स्वास्थ्यका लागि पूर्ण पाचनशिल, सन्तुलित र उच्च गुणस्तरको प्रोटिनको स्रोत हो। यसले आँखाको शक्ति बढाउने, हड्डी र दाँत मजबुत बनाउने, हृदयघात रोकथाम गर्न मद्दत गर्ने, स्मरणशक्ति वृद्धि गर्ने र मोटोपन घटाउने जस्ता फाइदा प्रदान गर्छ।
यस अवसरमा आयोजक संस्थाहरूले सन्देश जारी गर्दै भनेका छन्- ‘अण्डा—पोषणको शक्तिशाली स्रोत। कुनै मिसावट बिना, सस्तो र स्वास्थ्यका लागि उत्तम। नियमित रूपमा अण्डा सेवन गरौं, आफ्ना र परिवारका स्वास्थ्यप्रति सचेत बनौं ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु