भारतले जित्यो महिला क्रिकेट विश्वकपको उपाधि
काठमाडौँ । गएराती सम्पन्न भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै भारतले महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ ।
भारतले दिएको २९९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले ४५.३ ओभरमा अल आउट हुदै २४६ रन बनाए को थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ७ विकेट गुमाउदै २९८ रन बनायो थियो । यो जितसँगै भारतले पहिलो पटक महिला क्रिकेट एकदिवसीय विश्वकप जितेको हो । त्यस्तै पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका उपविजेतामा चित्त बुझाएको छ ।
फाइनल खेलमा ८७ रन बनाएकी र २ विकेट लिएकी भारतकी शफाली बर्मा प्लेयर अफ द म्याच बनेकी छन् भने विश्वकपमा सर्बाधिक २२ विकेट लिएकी र २१५ रन बनाएकी भारतकी दिप्ती शर्मा विश्वकपकै उत्कृष्ट खेलाडी बने छन् ।
विश्वकपको उपाधि सबैभन्दा बढी पटक अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाले कुल ७ पटक यो उपाधि जितेको छ । त्यस्तै इङल्याण्डले चार पटक विश्वकप जितेको छ भने भारतसँगै न्यूजील्याण्डले एक एक पटक यो उपाधि जितेका छन् ।
