भारतले जित्यो आईसीसी यू-१९ विश्वकपको उपाधि

२०८२ माघ २५ गते, शनिबार

काठमाडौँ । भारतले आइसीसी यू-१९ क्रिकेट विश्वकप जितेको छ । शुक्रबार भएको फाइनल खेलमा भारतले इङल्याण्डलाई १०० रनले पराजित गर्दै उपाधि जितेको हो । भारतले दिएको ४१२ रनको लक्ष्य पछाएको इङल्याण्डले ४०.२ ओभरमा अल आउट हुदै ३११ रन बनाएर अलआउट भएको थियो ।
इङल्याण्डका लागि कालेब फाल्कोनेरले शतकीय पारी खेल्दै ११५ रन बनाएका थिए भने बेन डवकिन्सले ६६ र बेन मायेसले ४५ रन बनाएका थिए । त्यस्तै भारतीय बलर आरएस एम्ब्रिशले ३ विकेट लिएका थिए भने दीपेश देभानद्रनले २ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ब५० ओभरमा ९ विकेट गुमाउदै ४११ रन बनाएको थियो । भारतका लागि वैभव सूर्यवंशीले ८० बलमा १७५ रनको आक्रामक पार्टी खेलेका थिए । उनले यस क्रममा १५ छक्का र १५ चौका प्रहार गरेका थिए । त्यस्तै कप्तान आयुष महात्रेयले ५३, अभिज्ञान कुन्दुले ४० र कनिष्क चौहानले ३७ रन बनाएका थिए ।
यो भारतको छैटौं यू-१९ विश्वकप उपाधि हो । भारतले यसअघि २०००, २००८, २०१२, २०१८ र २०२२ मा यो उपाधि जितेको थियो । त्यस्तै इङल्याण्डले १९९८ मा यो उपाधि जितेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]