धुमपान तथा मद्यपान गर्नेलाई पण्डितको मान्यता नदिइने

२०६९ चैत्र २५ गते, आईतवार


काठमाडौं । प्रथम राष्ट्रिय पण्डित सम्मलेनले टुप्पी, जनै तथा निधारमा अनिवार्य टीका चन्दन हुनुपर्ने व्यवस्था गरेको छ ।देशभरबाट झण्डै ५ सयजना पण्डित, पुरोहित तथा ज्योतिषी सहभागी सम्मेलनले पण्डित तथा पुरोहितहरुको लागि आचारसंहिता तयार पारेको छ । साथै सम्मेलनले ७ वटा कार्यपत्र पनि पारित गरेको छ । आचारसंहितामा पण्डितहरुको सात्विक आहार मात्रै लिनुपर्ने, धुमपान तथा मद्यपान गर्नेलाई पण्डितको मान्यता नदिइने आचारसंहितामा उल्लेख छ । पण्डित पुरोहितले घरमा बैदिक ग्रन्थहरु, धर्मसिन्धु निर्णय सिन्धु र स्मृति ग्रन्थहरु हुनुैपर्ने व्यवस्था गरिएको छ । त्यस्तै धार्मिक कर्म गर्दा, धार्मिक भेषभूषामा नै हुनुपर्ने र पोशाकको मर्यादा पालना गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । सम्मेलनले पण्डित पुरोहित एवं धर्मको विरोध तथा अपमान गर्नेको घरमा पौरोहित्य नगर्ने निर्णय पनि गरेको छ । सामुहिक ब्रतवन्ध र पैसा उठाउने मात्रै उद्देश्य लिएर गर्ने यज्ञपुराणलाई पनि निरुसाहित गर्ने आचारसंहितामा उल्लेख छ । पण्डित पुरोहितले आफ्ना छोराछोरीलाई पनि धर्म, संस्कार र संस्कृतिको शिक्षा दिनेपर्ने नियम बनाइएको छ । यजमानहरुलाई संस्कारहरुको धार्मिक र वैज्ञानिक महत्व बुझाइदिनुपर्नेमा सम्मेलनले जोड दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]