काश्मिरमा तीन सैनिकको हत्या
भारत, -– भारत अधिनस्थ काश्मीरको प्रमुख सहर श्रीनगरमा शुक्रबार तीन जना भारतीय सैनिकको हत्या भएको छ । हतियारधारी समूहले भारत प्रशासित काश्मिरको प्रमुख सो सहरमा विद्युतीय धरापमा पारी ती सैनिकको हत्या गरेको बताइएको छ । सो समाचारको भारतीय सैनिकले पुष्टि गरेको छ । भारतीय सैनिकले शुक्रबार भनेको छ, ‘हामीले हाम्रा तीनजना साथी गुमाएका छौँ । भारतको काश्मिरस्थित सैनिकका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल अङ्कुर वशिष्ठले हतियारधारीहरुसँग भिडन्त जारी रहेको पनि जानकारी दिएका छन् ।’ – एजेन्सी