लिंगमा राष्ट्रपतिबारे कविता लेखे पछि …

२०७३ जेष्ठ १६ गते, आईतवार

काठमाडौँ, १६ जेठ । म्यानमारमा एक जना लेखकलाई आफ्नो लिंगमा पूर्व राष्ट्रपतिका बारेमा कविता लेखेको आरोपमा ६ महिना जेल सजाय सुनाइएको छ । माउंग सोगंगखले यो काल्पनिक कवितालाई सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए । उनले भनेका थिए कि उनले आफ्नो लिंगमा टैटु गराएर पूर्व राष्ट्रपति थिन सेनबारे कविता लेखेको छु । २४ वर्षीय सौंगखमाथि कविता अनलाइन गरेर मानहानी गरेको आरोप लगाइएको थियो । यद्यपि सजाए सुनाएपछि रिहा गरिएको छ । किनभने ६ महिनाभन्दा बढी समय उनले जेलमै बिताइसकेका थिए । उनकी गर्लफ्रेण्डले बीबीसीँग भनिन्–यो काल्पनिक कविता थियो र यस्तो कुनै टैटु नै थिएन ।
करिब ५० वर्ष सैनिक शासनपछि म्यानमारमा गत वर्ष नोभेम्बरमा लोकतान्त्रिक सरकारले चुनाव जितेको छ। सेनाले हालै सत्ता लोकतान्त्रिक सरकारलाई हस्तान्तरणसमेत गरेको छ। म्यान्मारमा हालै सामाजिक सञ्जालमा आफ्नो राय राखेको आरोपमा कयौले कानुनी कारबाहीको सामना गर्नु परेको छ । गत वर्ष फेसबुकमा म्यान्मारका सेनाध्यक्षको मजाक उडाएको आरोपमा एक महिलालाई ६ महिना लामो जेल सजाय सुनाइएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोपेनहेगन विश्वकै उत्कृष्ट शहर !

२०८२ श्रावण ५ गते, आईतवार

रोबोट्याक्सी सार्वजनिक

२०८२ असार ९ गते, सोमबार

२५ करोड मौरी भागेपछि . . .

२०८२ जेष्ठ १९ गते, आईतवार