यस्तो पनि प्रतियोगिता !

काठमाडौं, १२ साउन । चीनमा बरफको पानीमा भरिएको भाँडामा बसेर पिरो खोर्सानी खाने प्रतियोगिता सम्पन्न भएको छ ।
यो प्रतियोगितामा सहभागीले बरफले भरिएको चिसो पानीको बेलुन आकारको ड्रममा बसेर खुर्सानी खाएका थिए । यो प्रतियोगिता पूर्वी चीनको झेजियांग प्रान्तको राजधानी हांग्जो सहरमा आयोजना गरिएको हो । प्रतियोगितामा हरेक सहभागीले चिसो पानीले भरिएको ड्रमभित्र बसेर धेरै खुर्सानी खानुपर्ने थियो ।
बेलाबेला उक्त ड्रममा बरफको टुक्रा पनि हालिन्थ्यो । धेरै सहभागीले सहरको तापक्रम ४० डिग्री सेल्सियसमा पिरो खुर्सानी र चिसो पानीमा बसेर खाने चुनौति बिचमै छोडेका थिए ।
प्रतियोगिता हेर्न सयौ सर्वसाधारण आएका थिए । स्थानीयले बाहिरी रमितेहरुको भीडमा यो चुनौति सामना गरेर च्याम्पियनको उपाधि जितेका थिए । यो प्रतियोगिता यसअघि पनि चीनमै भएको थियो । – एजेन्सी