उडिरहेका दर्जनौं चरा एक्कासि आकाशबाट सडकमा खसे

२०७३ भाद्र २५ गते, शनिबार

काठमाडौं, २५ भदौ । अमेरिकाको बोस्टन सहरमाथि उडिरहेका दर्जनौं चरा एक्कासि बोस्टनको सडकमा खसेपछि म्यासेचुसेटस्का स्वास्थ्य अधिकारीले यसबारे अनुसन्धान अघि बढाएका छन् । कालोरङ, लामो पुच्छर भएका ४७ ओटा ग्याकल नामका चरा बोस्टननजिकै डोरचेस्टर इलाकामा बिहीबार आकाशबाट खसेका भेटिएको थियो । तिनीहरुमध्ये केही मृत भेटिएका थिए भने केही बिरामी अवस्थामा भेटिएका थिए ।
बोस्टनको एनिमल रेस्क्यु लिगले आफ्नो छिमेकमा चराहरु एक्कासि बिरामी परेर खसेको बताएपछि र उक्त स्थानमा एउटा बिरालो पनि बिरामी भएको पाइएपछि त्यहाँ गएर घटनाबारे अनुसन्धान अगाडि बढाएको छ । मृत भेटिएका चरालाई परीक्षणका लागि टफ्टस विश्वविद्यालयको प्रयोगशालामा पठाइएको छ । – रासस/एपी

प्रतिक्रियाहरु

[anycomment]