माओवादीको पूर्ण बैठक शुरु
पोखरा,१५ असार । पार्टी पुनर्गठन भएको वर्षदिन पछि नेकपा–माओवादी केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि पोखरामा शुरु भएको छ । बिहान ९ बजे देखि सुरु भएको बैठकमा नेकपा–माओवादीका पदाधिकारी, केन्द्रीय सदस्य, पोलिट ब्युरो बैकल्पिक केन्द्रीय सदस्य र केन्द्रीय र सल्हाकारहरु सहभागी छन । केन्द्रीय कमीटीको पूर्ण बैठक शुरु हुनु अगाडि पत्रकारहरुलाई तस्बिर लिन पाँच मिनेट बैठक स्थलमा प्रवेश दिईएको थियो । माओवादी महासचिव रामबहादुर थापा बादलले के विषयमा के छलफल हुन्छ भन्ने साँझ ६ बजे पत्रकार सम्मेलन गरी प्रवक्ता मार्फत जानकारी दिने पत्रकारहरुलाई बताए ।
नेकपा–माओवादी र तीन साना कम्युनिष्ट पार्टीहरु नेकपा एकिकृत, नेकपा(माओवादी) र क्रान्तिकारी कम्युनिष्ट पार्टीसँगको एकताको विषयमा पनि बैठकमा छलफल हुने अनुमान गरिएको छ ।हालै एकिकृत नेकपा माओवादीसँग एकता हुने भन्ने समाचारहरु पनि सार्वजनिक भईरहेको अवस्थामा सो पार्टीको कार्यदिशाको सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ । यस्तै निर्बाचन लाइ बहिस्कार गर्ने नीति लियको माओबादीले निर्बाचनमा भाग लिने वा बहिस्कार गर्ने बहिस्कार गर्दा के कसरि गर्ने भन्ने बारेमा पनि ब्यापक छल फल गर्ने बतायाको छ यस बारेमा के कस्तो निर्णय लिन्छ त्यो भने बैठक सम्पन्न नभइ एकिन गर्न सकिने स्थिति छैन |