माओवादीको बैठक जारी अध्यक्षको प्रस्ताव माथि छलफल सुरु

काठमाण्डौं, १६ असार । हिजोबाट सुरु भएको नेकपा-माओवादीको बैठकमा आजदेखि अध्यक्ष मोहन बैद्य किरणले प्रस्तुत गरेको प्रस्ताव माथि छलफल सुरु हुने भएको छ । शनिबारदेखि जारी बैठकमा अध्यक्ष किरणले चुनाव बहिष्कार गर्ने औपचारीक प्रस्ताव गरेपछि आज त्यस विषयमा छलफल हुनेछ । किरणले चुनाव बहिष्कार र वार्तालाई सँगसँगै लैजाने गरि प्रस्ताव पेस गरेका छन् । आजदेखि केन्द्रीय सदस्यहरुले अध्यक्षको प्रस्तावमा भनाई राखेपछि पार्टीले संविधानसभा चुनावका विषयमा आधिकारीक निर्णय गर्नेछ । पहिलोपटक उपत्यका बाहिर सुरु भएको बैठकमा आगामी संविधानसभाको औचित्य, पार्टीको धारणा र भावी कार्यदिशाको बारेमा छलफल हुनेछ । बैठकमा अध्यक्ष वैद्यसँगै महासचिव रामबहादुर थापाले संगठन र संघर्ष सम्बन्धि छुट्टै प्रस्ताव पेश गरेका छन् । चार दिनसम्म चल्ने बैठकमा केन्द्रीय, पूर्ण र वैकल्पिक सदस्य र सल्लाहकारहरुको सहभागिता रहेको माओवादीले जनाएको छ ।