भारतीय हस्तक्षेपबारे सरकारको धारणा माग

२०७० आश्विन ३ गते, बिहीबार

काठमाडौ, ३असोज – बर्दियामा नेपाली नागरिकको घरमा भारतीय सुरक्षाकर्मीले छापा मारेको विषयमा चारवटा युवा संगठनले सरकारको धारणा मागेका छन् ।राष्ट्रिय युवा जन स्वयं सेवक, नेपाल यूवा कम्यूनिष्ट संघ एकीकृत, क्रान्तिकारी युवा विङ्स र युवा जनसुरक्षा बलले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई विरोध पत्र बुझाउँदै भारतीय हस्तक्षेपबारे धारणा सार्वजनिक गर्न माग गरेका हुन् ।
बर्दिया गुलरियाका मञ्जुरप्रसाद श्रेष्ठको घरमा भारतीय प्रहरीले छापा मारेको घटनालाई यी संगठनले नेपाली सार्वभौमिकता माथिको ठाडो हस्तक्षेप भन्दै विरोध गरेका छन् । उनीहरुले नेपालको सार्वभौमसत्ता कायम राख्न र यस्ता घटना दोहोरिन नदिनका लागि अविलम्ब राजनीतिक र कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।संगठनहरुले भारतीय दुताबासमा विरोध पत्र बुझाउँदै यस्ता घटना दोहोरिन नदिन र नेपालको सार्वभौमसत्ताको सम्मान गर्न भारत सरकारलाई समेत सचेत गराएका छन् । यसबारे आफ्ना धारणा सार्वजनिक गर्न पनि उनीहरुले भारत सरकारसँग माग गरेका छन् ।
यसैबीच भारतीय दूताबासले बर्दिया घट्नाका विषयमा अनुसन्धान भैरहेको र सत्य प्रमाणित भएमा कारवाही गरिने जनाएको छ । भारतीय दूताबासले बिहीबार विज्ञप्ति निकालेर सत्य भएमा कारवाही गरिने बताएको हो ।‘उक्त विषय अनुसन्धानको क्रममा छ’ सञ्चार माध्यमबाट छापा मारिएको विषयमा थाहा पाएको बताउँदै दूताबासले विज्ञप्तिमा भनेको छ ‘हामी यस्ता घटना ढाकछोप गर्दैनौं, साथै यस्ता समाचारहरु सत्य प्रमाणित भएमा कारबाही गरिनेछ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु