संयुक्त राष्ट्रिय जनपरिषदले निर्वाचन बहिष्कार गर्ने

काठमाडौं, १६ असोज – संयुक्त राष्ट्रिय जनपरिषदले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । जनपरिषदको सचिव रिता मानुषीले बक्तब्य जारी गरि उक्त कुराको जानकारी गराएकी छन् ।
संयुक्त राष्ट्रिय जनपरिषद नेपालको सचिव रिता मानुषीद्वारा जारी प्रेस वक्तव्यको पूर्ण बिबरण यस प्रकार छ – “संविधानसभाको नारालाई विदेशि शक्तिहरु र तिनका मतियारहरुले विगत ८ बर्षदेखि साम्प्रदायीक द्वन्द, सार्वभौमसत्तामाथिको विदेशि हस्तक्षेप, जनसंख्या अतिक्रमण, राष्ट्रघाति संधि–संझौताहरु र देशको विखण्डनका पक्षमा प्रयोग गर्दै आएको तथ्य सबैका अगाडि प्रष्ट छ । मंसिर ४ को कथित चुनावको बहानामा लाखौं भारतियहरुलाई नागरिकता दिने र सेना परिचालन गर्ने निर्णय पनि भैसकेको छ
दिल्लीको जवर्जस्तिमा चार दलिय सिन्डीकेट बनाउनुको अर्थ नै बाँकि शक्तिहरुलाई दबाएर चुनावको परिणाम आफ्नो पक्षमा पार्नु हो, शासकहरुले गरेका देशद्रोहि निर्णयहरुको अनुमोदन गराउनु हो र शान्तिको आवरणमा नेपाललाई अर्को द्वन्दमा धकेल्ने वातावरण बनाउनु हो । यसर्थ, भारतिय विस्तारवाद र तिनका दलालहरुको यो षडयन्त्रको मतियार बनेर देशभक्तहरुमाथिको दमनको किनारा साक्षि बन्ने कुरा सबै कोणबाट अनैतिक हुने भएकोले ‘संयुक्त राष्ट्रिय जनपरिषद, नेपाल’ले निर्वाचन आयोगमा दल दर्ता गरेता पनि मंसिर ४ को निर्वाचनलाई बहिष्कार गर्ने निर्यय गरेको कुरा सबैलाई जानकारी गराउँदै नेपालको अस्तित्वका विरुद्धमा भैरहेको षडयन्त्रको विरोधमा एकजुट हुन र राष्ट्रिय प्रतिरोध संघर्षको दिशामा अघि बढ्न सबै दलहरु, पेशागत संगठनहरु, कर्मचारि तहमा रहेका देशभक्त तत्वहरु तथा आम नागरिकहरुमा अनुरोध समेत् गर्दछुँ ।”