अनर्गल प्रचार गरियो : किरण

२०७० कार्तिक ९ गते, शनिबार

काठमाडौं, ९ कात्तिक । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले प्रहरीको हतियार खोस्ने भनेर गरीएको प्रचार अनर्गल भएको बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दे किरणले चुनावका बेला आफुहरुमाथि दमन गर्न प्रमुख ४ र सरकारले अनर्गल प्रचार गरेको दाबी गरे । चुनाव बिथोल्नका लागि मोवाइलको टावर भत्काउनेदेखि प्रहरीको हतियार खोस्ने माओवादीले योजना बनाएको हो भन्ने संचारकर्मिको प्रश्नमा बैद्यले सबै अनर्गल प्रचार मात्र भएको भनि टिप्पणी गरे । दमनको आधार तय गर्दे आफुहरुमाथि दमन गरे त्यो बिडम्वनापूर्ण हुने किरणको भनाई थियो ।
पत्रकारहरुसँग कुरा गर्दे बैद्यले चुनावका बेला आफूहरु भुमिगत नहुने बताए । भुगित नहुने तर जनताका माझ आफुहरु जाने उनले प्रष्ट पारे । जनताको माझ जाने कुरा गर्दा त्यो भुमिगत नहुने उनले बताए । आवश्यक परेको बेला आफुहरुले पीएसओ माग गरेको बताउँदै किरणले आफुहरुलाई नचाहिएकोले फिर्ता पठाएको दाबी गरे । प्रचण्ड आफुहरुबिरुद्ध लागेकाले एक नम्बरको टार्गेट पनि उनलाई नै बनाएको किरणले प्रष्ट पारे ।
आगामी चुनाव मुडभेडतिर जाने बताउदै मुडभेड हुन सक्ने कुरालाई प्रमुख दल र सरकारले ध्यानदिनुपर्ने किरणले बताए । जनतामा आक्रोश छ जहाँ आक्रोश त्यहाँ मुडभेड हुन्छ किरणलेठोकुवा गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु