एलन मस्कद्वारा एक्स मेल (xmail) बनाउने घोषणा

२०८० फाल्गुन १३ गते, आईतवार


काठमाडौँ । टविटर (एक्स) को मालिक एलन मस्कले एक्स को इमेल सेवा चाँडै सुरु हुने बताएका छन् । अहिले सम्म प्रयोगकर्ताहरूले संसारको सबैभन्दा ठूलो इमेल सेवा जिमेलका लागि कुनै राम्रो वैकल्पिक विकल्प फेला पार्न सकेका थिएनन् तर अब सायद एक्सले संसारभरका प्रयोगकर्ताहरूको यो कमीलाई भर्न सक्छ। वास्तवमा नेटाका एक एक्सका कर्मचारीले आफ्नो अधिकारीबाट पोस्ट गरे पछि यो तयारी सार्बजनिक भएको थियाे ।
वास्तवमा, पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा एउटा समाचार निकै छिटो फैलिरहेको छ, जसमा गुगलको जीमेल सेवा अर्को वर्ष देखि बन्द हुने बताइएको थियाे । यो खबर फैलिए पछि एक्सले पनि आफ्नो इमेल सेवा सुरु गर्ने घोषणा गर्‍यो। तर, गुगलले साे लगत्तै आफ्नो जीमेल सेवा बन्द हुने हल्लालाई ब्रेक लगाएको छ । जीमेलको आधिकारिक एक्स खाता मार्फत पोष्टमा गुगलले पुष्टि गर्‍यो कि जीमेल सेवा सक्रिय रहनेछ, बन्द हुने छैन्।

प्रतिक्रियाहरु