सुनको मूल्य हालसम्मकै उच्च

२०८० चैत्र १६ गते, शुक्रबार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै नेपालमा छापावाल सुनको मूल्य शुक्रबार एकै दिन तोलामा २१ सयले बढेर हालसम्मकै उच्च १ लाख ३० हजार कायम भएको जनाएको छ । बिहीबार तोलामा ११ सयले बढेर १ लाख २७ हजार ९ सयको रेकर्ड कायम भएको थियो । शुक्रबार चाँदी भाउ पनि पनि तोलामा १५ रुपैयाँले बढेर १५ सय २५ मा कारोबार भैरहेको महासंघले जनाएको छ । यतिखेर अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंन्स २२ सय ३८ डलर आसपासमा कारोबा भैरहेको छ । विश्वमा बढ्दो द्वन्द, आर्थिक मन्दी र बैंकहरुको घट्दो ब्याजदर कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार उकालो लाग्दै गएको विश्लेषण गरिएको छ ।

प्रतिक्रियाहरु