नेकपाका महासचिव विप्लव सीद्वारा ‘नयाँ संस्कृति’ को विमोचन

२०८१ बैशाख २९ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको मुखपत्रभित्र ‘नयाँ संस्कृति’ पत्रिका (म्यागजिन) को विमोचन गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा सो उनले पत्रिकाकाे विमोचन गरेका हुन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको मुखपत्र साहित्य वैचारिक म्यागजिन पत्रिका हो ।
नयाँ संस्कृति म्यागजिनको आवरण लेखकमा सम्पादकीयलाई मुख्य बनाएर ‘रातो झण्डा रातो यात्रा र रातो संस्कृति’ लाई क्रान्तिको मुख्य प्रतिकका रुपमा रहेको छ । त्यसैगरी ‘एकीकृत जनक्रान्ति र सी संस्कृति’ लाई क्रान्तिकारी संस्कृतिको प्रतिकका रुपमा रहेको आवरण पृष्ठ रहेको छ ।
मुखपत्रभित्र महासचिव विप्लवकाे समय र श्रमको महत्व लेख, सांस्कृतिक सम्बन्धि कम्युनिस्ट दृष्टिकोण, कुशलकृति कवितासङ्ग्रह विद्रोहको गीत, साहित्य-कला र वर्तमान, उत्पादन सम्बन्ध र संस्कृति, सी संस्कृति र सांस्कृतिक रुपान्तरण, प्रतिबन्धित घडीमा सांस्कृतिक सौन्दर्य, संस्मरण, कविता, गीत नाटक, गतिविधि लगायतका विषयहरू समेटिएको छ ।

प्रतिक्रियाहरु