२०२४ मा नेपाल घुम्न आउने पर्यटक संख्या १२ लाख नाघ्ने !

२०८१ जेष्ठ १ गते, मंगलवार

काठमाडौं । नेपाल पर्यटन बोर्डले सन २०२४ मा नेपाल घुम्न आउने पर्यटक संख्या १२ लाख नाघ्ने अनुमान गरेको छ । बोर्डको पछिल्लो तथ्यांकअनुसार विदेशी पर्यटक आगमन संख्या कोरोना भाइरसको वैश्विक महामारी आउनुभन्दा अघि सन् २०१९ कै हाराहारीमा पुग्ने देखिएको छ । सन् २०२४ सुरुवातदेखि नै नेपाल घुम्न आउने पर्यटक संख्या आशातित रूपमा बढेको छ । पर्यटन बोर्डका अनुसार सन् २०२४ जनवरीदेखि अप्रिल चार महिननामा ४ लाभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । यसको अर्थ पछिल्लो पटक नेपाल आउने पर्यटक संख्या मासिक १ लाखभन्दा बढी हुन थालेको छ । यसले पर्यटन उद्योग एक हदसम्म उचाइतिर लम्किरहेको पुष्टि हुन्छ । यही हिसाबमा अगाडि जाने हो भने २०२४ मा नेपाल घुम्न आउने पर्यटक संख्या १२ लाख नाघ्ने अनुमान सहजै लगाउन सकिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु