रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा

२०८१ जेष्ठ ३ गते, बिहीबार


काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन् । राष्ट्रपति पुटिनले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन् । पुटिन र सी जिनपिङबीच हुने भेटवार्तालाई पश्चिमा राष्ट्रहरूले नियाली रहेका छन् । रुस र चीनबीचको साझेदारी कसरी अगाडि बढ्छ भन्ने विषयमा पुटिन र जिनपिङको भेटमा छलफल हुनेछ । रुस र युक्रेनबीच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । यस युद्धका कारण अमेरिका र उसका सहयोगीहरूले रुसमाथि धेरै प्रकारका प्रतिबन्धहरू लगाएका छन् । तर, यस अवधिमा चीनले रुसको आर्थिक अवस्थालाई सम्हाल्न सहयोगी साबित भएको छ । चीनले रुसी सेनालाई प्रविधि र हतियार उपलब्ध गराएको आरोप पनि लागेको छ । जसका कारण चीनमाथि पनि दबाब परिरहेको छ ।
चीनले यी आरोपहरू अस्वीकार गर्दै आएको छ र रुसलाई कुनै पनि प्रकारको सैन्य सहयोग नगरेको दाबी गर्दै आएको छ । तर, चीनले युक्रेनमा रुसको आक्रमणको आलोचना गरेको छैन । – एजेन्सी

प्रतिक्रियाहरु