जनकलाकार हिमशिखर सी सम्मानित

२०८१ जेष्ठ ६ गते, आईतवार


काठमाडौँ । जनसांस्कृतिक महासङ्घद्वारा जनयुद्धका जनगायक गीत तथा संगीतकार हिमशिखर सी लाई सम्मान गरेको छ। महासङ्घको सुदूरपश्चिम प्रदेशको तेस्रो सम्मेलनमा कालिकोट पचालना २ हाल सुदूरपश्चिम प्रदेश कैलाली लम्की चुहानगरपालिका मा बस्दै आएका हिमशिखर सीलगायत ११ जना कलाकार तथा साहित्यकारलाई सम्मान गरेकाे हाे । सुदुर पश्चिम प्रदेशकाे धनगढी मा भएको सम्मेलन मा नेकपा माओवादी केन्द्र प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रलले सम्मानसहित दाेसला ओढाएर सम्मान गरेको बताएको छ । जनकलाकार गीत तथा संगीतकार हिमशिगर सी ले जनयुद्धकालमा आफ्ना गीत तथा संगीत र स्वरको माध्यमबाट सेती महाकाली र भेरी कर्णालीका बस्तीलाई जनयुद्ध मय बनाउदै जह्रयाग जुरुक्क गर्दै छिचोल्दै पहिलो पटक संगठन सुढृट तथा विस्तार अभियान लिएर सुदूरपश्चिममा प्रवेश गरेका थिए ।
जनयुद्धकाे क्रममा हिमशिखर सीले दर्जनौं गित संगित लेख्दै संगित लयबद्व गरि आफ्नै स्वरमा गाउदै जनताकाे मन जित्न सफल भएका थिए ।
सुमधुर स्वरका धनि हिमशिखर सीले लेखेकाे गित रगतका मसिले रक्त सलाम भन्ने गितलाई त्यति बेलाका सुप्रिम कमान्डर जनयुद्धका नायक अध्यक्ष प्रचण्डले समेत धन्यवाद दिएका थिए।
सम्मानित हिमशिखर सी हाल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्लाको ईन्चार्ज रहेका छन ।-बिनीतकुमार तिरुवा

प्रतिक्रियाहरु