अखिल नेपाल शिक्षक संगठन दाङको अध्यक्षमा धनिराम जिएम

२०८१ जेष्ठ १६ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठन दाङको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ । मंगलबार तुलसीपुरको ज्ञानज्योती आधारभूत विद्यालयमा भएको भेलाले धनिराम जिएमलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
भेलाले २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । जसको सह-अध्यक्षमा मेघराज घिमिरे, उपाध्यक्षमा घनश्याम आचार्य र विभिसन रोका, महिला उपाध्यक्षमा सुमित्रा सुवेदी, सचिवमा लिलाधर नेपाली, सह-सचिव (अर्थ) मा क्षेत्र बहादुर वली, उषा गौतम र श्रवण कुमार यादवलाई चयन गरिएको छ ।
यसैगरी कार्यसमितिको सदस्यहरुमा प्रेम वली, सिता भण्डारी, निर्मला वली, चन्द्र बहादुर वली, सरस्वता नेपाली, नविन गिरी, सरिता वली, उमा चौधरी रहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सी, पार्टीका दाङ जिल्ला सेक्रेटरी तिलक सी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष विरवल वली , अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश उपसचिव लिलाधर विक लगाएतको आतिथ्यता रहेको थियो ।
शिक्षक धनिराम जिएमको अध्यक्षतामा भएको भेलामा घनश्याम आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण संगठनका तुलसीपुर नगर अध्यक्ष मेघराज घिमिरेले गरेका थिए ।
भेलामा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिव निर्मला डाँगीद्वारा प्यानल प्रस्ताव गरिएकाे थियाे भने नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर गाउँपालिका इन्चार्ज जनक सीले तेस्रो भेलाबाट चयन भएको जिल्ला कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रियाहरु