सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापन बिना उठिबास लगाउने कार्य बन्द गर

२०८१ जेष्ठ १७ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापन बिना उठिबास लगाउने काम गरिएको भन्दै त्यसको प्रतिरोधमा उत्रन नेकपाका नेता- कार्यकर्ता लगायत सम्बन्धित सबैलाई निर्देशन दिएका छन् ।
इन्चार्ज अनिल सीले वीरगञ्ज महानगरपालिकासँग जोडिएको बिन्दाबासिनी गाउँपालिका २ बहु अर्वा गाउँमा बर्सातको नजिकै एक बिघा जमिनमा २०६२ सालदेखि बस्दै आएका ६० घरधुरी सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापन बिना उठिबास लगाउने काम गरिएको भन्दै त्यसको प्रतिरोधमा उत्रन सो निर्देशन दिएका हुन् ।
स्मरणीय छ , उक्त बस्तिमा दलित ,धोबी ,सुनार ,माझी जस्ता उत्पिडित जातिहरु बसोबास गर्ने गरेको छन् । मोहन्त ठाकुर नेतृत्वको लोजपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष प्रमोद तिवारी को नेतृत्वमा सुकुम्बासीहरू माथि दमनको षड्यन्त्र भइरहेको छ। तर त्यही बस्तीसँगै जोडिएको १४ बिघा जमिन त्यहाँका जमिन्दारहरूले भोकचलन आएको भए तापनि त्यहाँ गाउँपालिकाले कुनै वास्ता गरेको छैन।
त्यसैगरी हुलास जस्ता पाताका साहु शरद गोल्छाले चार बिघा जग्गा कब्जा गरेर भोकचलन गर्दै आएका छन् ।
बुधबार बेलुकी नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सी नेतृत्वको टोलिले उक्त बस्तीमा पुगेर जनतालाई भेटेर राज्य दमनको विरुद्ध प्रतिरोधमा उत्रन आह्वान गरे ।
बुधबार बेलुका नेकपाका स्थायी समिति सदस्य अनिल सी, अखिल (समाजवादी) का केन्द्रिय सचिव तथा नारायणी-मधेस प्रदेश इन्चार्ज अटल सी ,सह -इन्चार्ज लोकेश सी ,पर्सा जिल्ला सेक्रेटरी फिरोज सी लगायतको टिमले जनतालाई बस्तिमा नै पुगेर भेटेका हुन् ।
उक्त सुकुम्बासीलाई वैकल्पिक बासस्थान बिना मानिसको बाँच्न पाउने मौलिक हक अधिकारलाई समेत कुन्ठित हुने गरी गरिएको नगरपालिकाको उक्त कार्यप्रति नेपाल कम्युनिष्ट पार्टीले घोर भर्सना गर्दै उक्त कार्यको विरुद्ध प्रतिरोध गर्न आह्वान समेत गरेका छन् ।

प्रतिक्रियाहरु