‘समाजवाद नेकपाको वैचारिक हतियार’

२०८१ जेष्ठ १७ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज विषम सीले समाजवाद नेपाल कम्युनिस्ट पार्टीको सशक्त वैचारिक हतियार भएको बतएका छन् । बुधबार अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनको बन्द सत्रलाई समोबोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता विषम सीले समाजवाद नेकपाको सशक्त वैचारिक हतियार भएकाले जनताले मसिनो गरि नबुझ्दासम्म भनिरहनुपर्ने बताउदै भने – ”समाजवाद हाम्रो वैचारिक हतियार हो यसलाई स्थापित नगर्दासम्म भनिराख्नु पर्छ जनताहरुलाई जगाइराख्नु पर्छ।”
नेता विषम सीले ३६ सालमा राजतन्त्र मुर्दावाद भन्दा हामीलाई लाेप्पा खुवाउँने गरेको स्मरण गर्दै अहिले समाजवादी भन्दा त्यस्तै भइरहेकाे बताउदै भने- ” त्यहि भएर हामी उनीहरूलाई सुनाउन समाजवादी भनिरनु परेको छ, जनतालाई सचेत बनाएपछि क्रान्ति छिटाे हुन्छ, त्यहि भएर हामी जनतालाई सचेत गराई रहेका छाैं । जहाँ पनि समाजवाद भन्नुपर्छ ।”
नेता विषम सीले देशैभरबाट प्रतिनिधित्व गरि आएका मजदुरका नेताहरुलाई प्रशिक्षित गर्दै नेता विषमले नेतृत्व चिन्दा विवेक पुर्यााउनुपर्ने बताउदै भने – ”जुन नेतालाई राम्रोसँग चिनिन्छ त्यो नेताको नेतृत्वलाई स्वीकार्नुपर्छ विधान प्रतिवेदन पास भएपछि नाई भन्न पाइदैन ।”
नेता विषम सीले नेपालको वर्तमान राजनीतिक घटनाप्रति टिप्पणी गर्दै अरू पार्टीहरू पुरानै रवाफमा रूमल्लिरहेकाले , हामी घुमिफिरी पुरानाे नाममा फर्किएको र आफुहरुले बनाउन खोजेको नेकपा २००६ सालकाे नेकपा भएको ठोकुवा गरे । उनले भने- ”काेस्टमा नाम जाेडिएका पार्टीहरू पनि कम्युनिस्ट हुन्, माओवादी नाम बदनाम भएपछि हामीले नाम फेरेका हाैं । २०६२/६३ सम्म हाम्रो पार्टी राम्रो थियाे, २०६५ पछि बदनाम भयाे त्यसैले हाम्राे पार्टीले सबै जनवर्गीय संगठनहरुकाे नाममा समाजवादी राख्ने निर्णय गरेकाे छ । त्यहि अनुसार हाम्राे संगठनकाे नाम पनि समाजवादी भएको छ।”
नेता विषम सीले संसदीय व्यवस्था अन्त्य गरेर समाजवादी व्यवस्था लागु गर्न र याे दलाल संसदीय व्यवस्थाकाे खाडल पुर्नका लागि नाम फेर्नु परेको बताए । पछिल्लो विश्वको मजदुरको अवस्थालाई इङि्कत गर्दै उनले नेताहरुलाई मालिकले किन्न थालेर मजदुर आन्दाेलन कमजाेर हुन पुगेको तर्क गर्दै भने- ”मजदुरकाे भूमिकामा मेसिनहरू प्रयाेग हुनथालेपछि पुजीपतिहरूले अन्तराष्ट्रिय स्तरमा काम गर्न थाले मजदुरहरुले स्वषण विश्वव्यापी भयाे। हायर एण्ड फायरकाे नीति बन्न थाल्याे, मजदुरहरु ठेकेदारी प्रथामा किनबेच हुन थाले मजदुर यसरी मरेका छन् ।’
नेता विषम सीले नेपाल पुँजीवादमा आइनसकेको बताउदै नेपालमा अझै किसान आधा कृषि कर्म र आधा मजदुरी गरिरहेको उल्लेख गर्दै
नेपालका मजदुरहरू मध्यमवर्गीय र अवसरवादी भएकाले यसलाई साथमा लिएर गएमात्र क्रान्ति सम्पन्न हुने बताए
यसैगरी, सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य तथा गण्डकी ब्युरो इन्चार्ज शिलु सीले रवि लामिछानेहरु नेपालमा साम्राज्यवादको योजना हुबहु लागू गर्न साम्राज्यवादबाट परिचालित पात्र भएको बताइन् । नेकपा निकट जनवर्गीय संगठनको फ्याक्सन इन्चार्ज समेत रहेकी नेता शिलुले साम्राज्यवादले आफ्नो योजना लागू गर्न व्यवस्था ठिक छ अवस्था परिवर्तन गर्नुपर्छ भन्ने नारा दिएर विश्वास पात्रको रुपमा रविलाई अघि सारेको बताउदै भनिन् -” अहिले चलिरहेको वर्तमान दलाल संसदिय व्यवस्थाले जनता आक्रान्त भैरहेको बेला, देशका सम्पूर्ण राजनीतिक दलहरु व्यवस्था असफल भएको निष्कर्षमा पुग्दा उनको अवस्था मात्र फेरे पुग्छ भन्ने रटानले उनी परिचालित मान्छे हुन् भन्ने प्रष्ट भएको छ । यिनीहरुबाट देश झनै संकटमा फस्दै जान्छ ।”
नेता शिलु सीले जनयुद्धबाट समाजवादी क्रान्ति निष्कर्षमा पुग्नै लाग्दा प्रचण्ड र बाबुरामले धोका नदिएको भए नेपालमा जनवादी क्रान्तिले सार्थकता पाउने र यस्ता पात्रको जन्म नहुने बताउदै भनिन्-“प्रचण्ड बाबुरामको धोकाबाट पाठ सिक्दै क्रान्तिलाई नयाँ सिराबाट उठाएर नेपालमा जनवादी क्रान्ति पूरा गर्ने अठोटसहित २१ औं सताब्दीको वैज्ञानिक विचारसहितको क्रान्तिकारी पार्टी निर्माणले जनतामा आशा जगाएको र अहिले नेकपालाई क्रान्ति पूरा गर्ने ऐतिहासिक जिम्मेवारी आएको छ । सबै कम्युनिस्ट लोकतन्त्रवादीहरुको नेतृत्व गरेर नेपाली विशेषताको समाजवादमा जान नेतृत्वदायी भुमिका हाम्रो काँधमा छ ।”
नेता शिलु सीले नेपाली विशेषताको समाजवाद ल्याउन यो देशका सम्पूर्ण मजदुर मध्यम वर्गको साथ बिना असम्भव रहेको जिकिर गरिन् । उनले कम्युनिस्ट मुलुकहरुमा मजदुरहरुले अधिकारका लागि गरेको संघर्षलाई स्मरण गर्दै विश्वमा मजदुरहरुलाई भोटिङ राइट नभएको र मजदुरहरुले त्यसका निम्ति सामुहिक एकता संघर्षले त्यो हक प्राप्त गरेको स्मरण गराइन् । उनले भनिन् – ”विश्वका सबै विकसित मुलुकहरु श्रमिक मजदुरहरुको रगत पसिनाहरुले सिर्जित छन तर त्यही मजदुर भोकभोकै मर्नुपर्ने अवस्था छ । असमान ज्याला छ मजदुरहरुले मेहनतले ५ सय कमाइ हुँदा मजदुरले २ सय पाउछन् तर मालिकले ३ सय आफुले राख्छ ।”
नेता शिलु सीले नेपालमा देखापरेको पछिल्लो घटनाक्रमको चर्चा गर्दै अब देश कसैको षड्यन्त्रले पुरानो अबस्थामा फर्कन नसक्ने बरु ठूलो क्रान्तिकारी उथलपुथल आउने ठोकुवा गरिन् । उनले भनिन्- ”अबको विकल्प भनेको रविहरुले राजावादीहरुले भनेजस्तो पछाडि फर्किने या अवस्था परिवर्तन होइन दलाल संसदिय पूंजीवादको विकल्प नेपाली विशेषताको समाजवाद हो । जसको नेतृत्व नेकपाले सम्पुर्ण राष्ट्रवादी क्रान्तिकारी कम्युनिस्ट राष्ट्रिय पुजिपतिहरुलाई साथमा लिएर गर्छ। त्यसको निर्विकल्प नेतृत्व महासचिव विप्लव हुन् ।”
अन्तमा नेता शिलु सीले नेकपाको विचार सहि भएका कारण सबै जनताहरु नेकपासँग गोलबन्द हुँदै नेकपाबाट परिवर्तनको आशा गरेको बताइन् । – शाहस भट्ट

प्रतिक्रियाहरु