नेकपा अधुरो क्रान्तिलाई पुरा गर्न संघर्षरत

२०८१ जेष्ठ १९ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज दिपेश सीले नेकपा अधुरो क्रान्तिलाई पुरा गर्नका साथै देशमा भएको राजनैतिक, आर्थिक, भ्रष्टाचार, बलात्कार जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न संघर्षमा रहेको बताएका छन् । शनिबार नेकपा कटारी नगरपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
इन्चार्ज दिपेश सीले पार्टीले देशैभर यस्ताखालका अपराधिक घटनाहरुका विरुद्धमा संघर्ष गरिरहेको बताउँदै यो व्यवस्थाका कारण जनताले दुःख पाएको बताए । उनले १० बर्ष महान जनयुद्धमा उदयपुरबाट आफ्नो ज्यान बलिदान गर्नु हुने महान सहिदहरुलाई सम्झदै अधुरो क्रान्तिलाई पुरा गर्नका लागि नेकपा जनताको मुद्दा लिएर अगाडि बढेको जानकारी गराए । उनले देशले आर्थिक उत्पादन गर्न नसकेका कारण नेपाली दाजुभाइ दिदिबहिनी अर्बको खाडीमा पसिना बगाउन बाध्य भएको बताए ।
इन्चार्ज दिपेश सीले देशका विभिन्न समस्याहरुको समाधानका लागि नेकपाले उत्पादनको नीति लिएको बताउँदै यहि नीतिले नेपालमा वैज्ञानिक समाजवाद आउने जिकिर गरेका थिए । उनले यो देशमा भएको सबै खाले दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापन गर्न नेकपा अगाडि बढेको जानकारी गराउदै सम्पूर्ण बामपन्थी पार्टीहरु एक जुट हुनुपर्ने बेला आएको बताएका थिए ।
कार्यक्रमका नेकपा केन्द्रीय सदस्य शैलेश सीले देशमा ठूलो संकट आएको बताउँदै त्यो संकटलाई समाधान गर्नका लागि सबै जना एक ढिक्का भएर लाग्ने बेला आएको जिकिर गरेका थिए । उनले आफ्नो स्वार्थको लागि अमेरिक साम्राज्यवाद घुमाउरो तरिकाले नेपालमा प्रवेश गरेको बताउदै त्यसका विरुद्ध नेपालीहरु एक ढिक्का भएर लाग्नु संघषए गर्नपर्नेमा जोड दिए । नेकपा केन्द्रीय सदस्य किम सीले देश संकटग्रस्त अवास्थामा पुगेको कारण सबै एक जुट हुने बेला आएको बताएका थिए ।
भेलाले कटारी नगरकमिटीमा ईन्चार्ज सुरेन्द्र सी र सेक्रेटरी काजिलाल सीको नेतृत्वमा २१ जना नगरसमिति गठन गरेको हो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एमाले, कान्तिकारी कम्युनिस्ट पार्टीबाट बिद्रोह गरि जम्मा ८१ जना नेपाल कम्युनिस्ट पार्टीमा धुर्बिकृत भएका छन् । नगर नगर ईन्चार्ज सुरेन्द्र सीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा शंखर सीले संचालन गरेका थिए । -अनिता गजमेर

प्रतिक्रियाहरु