नेकपाका महासचिव विप्लव सीद्वारा रेडियमको निधनप्रति दुःख व्यक्त

२०८१ जेष्ठ २० गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लल सीले पार्टीका केन्द्रीय सदस्य तथा केन्दीय कार्यालयमा कार्यरत भीमबहादुर सी (रेडियम) को निधनप्रति दुःख व्यक्त गरेका छन् । महासचिव विप्लल सीले शोक वक्तव्य जारी गर्दै रेडियमको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका हुन् ।
रेडियमको शनिबार विहान ७ बजे मधुवन नगरपालिका, बर्दियास्थित उनको घरमा निधन भएको थियो । उनको निधनमा विप्लवले श्रदाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
महासचिव विप्लव सीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ – ‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् केन्द्रीय कार्यालयमा कार्यरत क. भीम बहादुर सी (रेडियम) को हिजो बिहान ७ः०० बजे भएको असामयिक निधनले पार्टीलाई दुःखि र मर्माहत बनाएको छ । महान् जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्म आफ्नो भौतिक ज्यानको प्रवाह नगरी अहोरात्र देश र जनताका लागि अमुल्य योगदान पु¥याउँदै आउनुभएका रेडियमको अल्पायुमै भएको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ । पार्टी उहाँको वैज्ञानिक समाजवाद प्राप्तिको अधुरो कार्यभार पुरा गर्ने प्रतिवद्धतासहित उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै यस दुःखद क्षणमा उहाँको जीवनसंगीनी कस्तुरा नेपालीलगायत परिवारजनमा समवेदना प्रकट गर्दछौं ।’,

प्रतिक्रियाहरु