ॐ समाज शैक्षिक प्रतिष्ठान कलेजलाई ७ दिने अल्टिमेटम

२०८१ जेष्ठ २२ गते, मंगलवार


काठमाडौँ । अखिल (समाजवादी) CTEVT उपत्यका जिल्ला समितिले काठमाडौंको कलंकीस्थित ॐ समाज शैक्षिक प्रतिष्ठान कलेजलाई ९ बुँदे मागहरू राखेर ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको छ । अखिल (समाजवादी)का केन्द्रीय सचिवालय सदस्य तथा CTEVT उपत्यका जिल्ला समिति इन्चार्ज रमेश सी विक्रान्तको नेतृत्वमा गएको टोलीले सोमबार शिक्षालय सुधारका लागि ९ बुँदे मागहरू राखेर ७ दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाइएको हो ।
अखिल (समाजवादी ) CTEVT उपत्यका जिल्ला समितिले ॐ समाज शैक्षिक प्रतिष्ठान कलेज कलंकी काठमाडौंमा भौतिक संरचनाको समस्या रहेकाले त्यसको समाधान गर्नपर्ने, नियमित पठनपाठन हुनुपर्ने, कक्षाकोठामा सरसफाइ हुनुपर्ने लगायतका मागसहितको ज्ञापनपत्र बुझाएको
अखिल (समाजवादी) CTEVT उपत्यका जिल्ला समितिले काठमाडौंको कलंकीस्थित ॐ समाज शैक्षिक प्रतिष्ठान कलेजलाई बुझाएको
ज्ञापनपत्र यस प्रकार रहेको छ – ‘नेपालको वर्तमान राज्यव्यवस्था र शिक्षा प्रणालीको विकल्पमा अनवरत आन्दोलन गरिरहेको हाम्रो प्रिय संगठन अखिल (समाजवादी) विगत लामो समयदेखि निरन्तर विकृति, विसंगतिका विरुद्ध सडक संघर्षमा केन्द्रीत नै छ । निरन्तर विद्यार्थीका हक र अधिकारको पक्षमा बहस गर्दै राष्ट्रघात, जनघातका विरुद्धमा हाम्रो संगठन निरन्तर खबरदारी गरिरहेको छ। यसै सन्दर्भमा CTEVT अन्तरगर्त ॐ समाज शैक्षिक प्रतिस्ठान कलेज कलंकी काठमाडौमा हाम्रो संगठनको “शिक्षालय सुधार तथा संगठन विस्तार अभियान-२०८१” को क्रममा कलेजमा जाँदा विद्यार्थीले कलेजमा दैनिकी भोग्नुपरेका निम्न किसिमका समस्याहरु रहेकोले हाम्रो संगठन ७ दिने अल्टिमेटम सहित तत्काल समस्या समाधानका लागि कलेज प्रशासनलाई जोडदार माग गर्दछ ।
मागहरु :
१) भौतिक संरचनाको समस्या छ, समाधान गरियोस् ।
२) नियमित पठनपाठनमा समस्या छ, समाधान गरियोस् ।
३) कक्षाकोठामा सरसफाइको समस्या छ, समाधान गरियोस् ।
४) आजसम्म विद्यार्थीलाई खेलकुद, अतिरिक्त क्रियाकलापमा संलग्न गराइएको छैन, अनिवार्य गरियोस् ।
५) खानेपानीको समस्या छ, समाधान गरियोस् ।
६) शौचालय अव्यवस्थित तथा आवश्यक पर्ने सामाग्रीको अभाव छ, व्यवस्था गरियोस् ।
७) क्यान्टिनमा विभिन्न समस्याहरु देखिएका छन्, समाधान गरियोस् ।
८) होस्टेलमा भएका समस्याको समाधान गरियोस् ।
९) प्रयाक्टिकलमा आवश्यक पर्ने सामग्रीको अभाव र ल्याब, लाइब्रेरी जस्ता विभिन्न समस्याहरु रहेकाले समाधान गरियोस् ।’

प्रतिक्रियाहरु