नेपाल कम्युनिष्ट पार्टी र नेकपा (एकीकृत समाजवादी) का शिर्ष नेताबीच भेटवार्ता

२०८१ जेष्ठ २३ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी र नेकपा (एकीकृत समाजवादी) का शिर्ष नेताबीच मंगलबार साँझ भेटवार्ता भएको छ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपाल र उपाध्यक्ष प्रमेस हमालबीच भेटवार्ता भएको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालको निवास कोटेश्वोरमा भएको उक्त भेटवार्तामा पछिल्लो राष्ट्रिय राजनीतिको सुक्ष्म विश्लेषण र गम्भीर छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा पछिल्लो समय सरकारी गठबन्धनमा पैदा भएको समस्या र त्यसले समाजवादी मोर्चामा पारेको सकारात्मक र नकारात्मक प्रभावको बिषयमा समेत छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा समाजवादी मोर्चामा देखिएको जटिलता र त्यसको समाधानका साथै समाजवादी मोर्चालाई सकारात्मक दिशा प्रदान गर्ने र मोर्चाको आगामी कदमबारे गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा देशको राष्ट्रिय राजनीतिमा आएको जटिलता र त्यसको समाधानका लागि दुई पार्टी र नेताहरुबीच गम्भीर छलफल भएको बताइएको छ।

प्रतिक्रियाहरु