नेकपाका शिर्ष नेताद्वारा राजनीतिक भेटलाई तिब्रता

२०८१ जेष्ठ २३ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका शिर्ष नेताले पछिल्लो समय बिकसित राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै राजनीतिक भेटलाई तिब्रता दिएका छन । यसैक्रममा मंगलबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच भेटवार्ता भएको थियो भने आज बुधबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र जनता समाजवादीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा पछिल्लो समय सरकारी गठबन्धनमा पैदा भएको समस्या र त्यसले समाजवादी मोर्चामा पारेको सकारात्मक र नकारात्मक प्रभावको बिषयमा समेत छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा समाजवादी मोर्चामा देखिएको समस्या र त्यसको समाधानका बिषयमा सकारात्मक छलफल भएको बताइएको छ।

यसैगरी , आजै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीबीच समाजवादी पार्टी केन्द्रिय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठबीच भेटवार्ता भएको छ। उक्त भेटवार्तामा समाजवादी पार्टी भित्र पैदा भएको स्थिति र आगामी राजनीतिक बिषयमा छलफल भएको बताइएको छ ।
यसैगरी, उक्त भेटवार्तामा समाजवादी मोर्चालाई अगाडि बढाउने बिषयमा दुई पार्टी र नेताहरुबीच सकारात्मक छलफल भएको बताइएको छ।

प्रतिक्रियाहरु