सी जातिको कानुनी मान्यताको माग गर्दै प्रधानमन्त्रीलाई २ लाख हस्ताक्षर हस्तान्तरण

२०८१ जेष्ठ २५ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले सी जातिलाई कानुनी मान्यता दिन माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई २ लाख हस्ताक्षर बुझाएको छ । बिहीबार युवा संगठन नेपालका अध्यक्ष दिनेश सीको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई २ लाख हस्ताक्षरसँगै ज्ञापनपत्र बुझाएको हो । गत जेठ १५ देखि १८ गतेसम्म देशैभर चलेको हस्ताक्षर अभियानबाट संकलित २ लाख भन्दाबढी हस्ताक्षरसहित ज्ञापनपत्र लिएर दिनेश सीको नेतृत्वमा युवाको टोली बालुवाटार पुगेको थियो ।
युवा संगठनले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले जातिय व्यवस्था उन्मुलन गरेर सबै जातजाति भाषाभाषीहरुलाई कानुनी मान्यतासहित सी जातिको निर्माण गर्ने विचार आफैमा अग्रगामी कम्युनिस्ट साम्यवादी विचार भएको र यो अहिलेको परिप्रेक्ष्यमा विल्कुलै नयाँ विचार भएको भन्दै प्रसंसा गरेको संगठनका अध्यक्ष दिनेश सीले बताए । उनले भने- ” प्रधानमन्त्रीले सी जातिको नयाँ संस्कृतिसहित नेकपा लगाएत युवा पिढीले अभियानको रुपमा अघि सारेकोप्रति हर्षित रहेको र आफु प्रधानमन्त्रीको हैसिएतले यसलाई कानुनी मान्यता दिन सकारात्मक रहेको साथै आम छलफलको बिषय बनाउनमा प्रतिबद्ध छु भन्नुभएको छ ।’
युवा संगठन नेपालले सी जातिलाई कानुनी मान्यता दिन माग गर्दै प्रधान मन्त्रीलाई हस्ताक्षरसँगै बुझाएको ज्ञापनपत्र यस प्रकार रहेको छ – ‘नेपाली युवाहरुको जुझारु एवम् गौरवशाली संगठन, युवा संगठन नेपालको पाचौं केन्द्रीय समितिको दोश्रो पूर्ण वैठकको महत्वपूर्ण निर्णय अनुसार जेठ १५–१८ सम्म सी जातिलाई कानुनी मान्यता दिन देशैभरी संगठनले हस्ताक्षर अभियान संचालन ग¥यो । देशैभरी नागरिकहरु उत्साहका साथ हस्ताक्षर अभियानमा सहभागी भए । संगठनको योजना अनुसार सात वटै प्रदेशका माननीय मुख्यमन्त्री र सम्माननीय प्रधानमन्त्रीलाई हस्ताक्षरसहित संगठनले ज्ञापनपत्र वुझाउने कार्यक्रम भएको हुदा नागरिकहरुको हस्ताक्षर र संगठनको ज्ञापनपत्रसहित हामी उपस्थित भएका छौं ।
विश्व र नेपालमा वर्णभेद, रंगभेद र जातिभेदले अमानवीय कार्यहरु दिन प्रतिदिन बढिरहेका छन् र एक मानवले अर्को मानवलाई शोषण गर्नका लागि जाति बनाई घिणृत, कलङ्कित र अमानवीय कार्य भइरहदा हामी कम्युनिस्ट युवाहरुलाई सहनिय कार्य हुन सदैन । मानव जाति एउटै जाति हो भन्नेमा समान बुझाई र मान्यता स्थापित गर्नु राज्य र सरकारको कर्तव्य हो । सम्पूर्ण उत्पीडनका जंजिरहरुलाई भत्काएर मानव जातिलाई पृथ्वीमा सुन्दर सपनासहित, समान रुपले बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हामी राजनैतिक चेत भएका भौतिकवादीहरुको कर्तव्य हो । सी जाति समान–साम्य जाति हो र सभ्यता हो । एक मानवले अर्को मानवलाई गर्ने शोषणको अन्त्य पनि हो । नेपालमा भइरहेका जातिय उत्पीडनहरुको समाधान सी जातिबाट मात्र सम्भव हुने छ । सी जातिलाई कानुनी मान्यता दिन निम्न बुंदालाई ध्यान दिई आवश्यक काम अगाडि बढाउन सरकारसँग माग गर्दछौं ।
१. नेपालको संविधानको धारा १२ ले बंशीय आधार तथा लैङ्गकि पहिचानसहितको नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । यस धारामा “व्यक्तिले इच्छाएको थर” राख्न सक्नेछ भन्ने व्यवस्था राखि संसोधन गरियोश ।
२. नेपालको संविधानको धारा १३ ले “नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्ति सम्बन्धि अन्य ब्यवस्था संघीय कानुन बमोजिम हुनेछ“ भन्ने व्यवस्था गरेको छ १ सोही धारा वमोजिम नेपाल नागरिकता ऐन २०६३ को दफा ८ (क) मा “आमा वा बाबुको थर र ठेगानामध्ये निजले रोजेको थर ठेगाना राख्न पाउनेछ” भन्ने व्यवस्थालाई संसोधन गरि “आमा वा बाबू वा निजले सामाजिक रुपमा मानिसहरुको बिचमा समानता कायम गर्ने उद्दश्यले इच्छाएको थर वा कुनै अक्षर राख्न पाउनेछ” भन्ने कानुनी व्यवस्था गरियोस् ।’

  • साहश भट्ट

प्रतिक्रियाहरु