अखिल (समाजवादी) चितवनले शैक्षिक माफियाविरुद्ध संघर्ष चर्काउने

२०८१ जेष्ठ २५ गते, शुक्रबार


काठमाडौँ । अखिल (समाजवादी) चितवनले लागू औषध बेचबिखन तथा कर छली गरि सामान ओसारपसारमा रोक लगाउने र शैक्षिक माफियाविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । सो संगठनको बिहीबार सम्पन्न प्रथम बैठकले केन्द्रिय योजनालाई कार्यन्वयन गर्दै संगठनात्मक अभियानलाई जोड दिने निर्णयसमेत गरेको छ । साथै बैठकले प्राकृतिक सम्पदा दोहन रोक्ने र चुरे संरक्षण कार्यमा जुट्ने र समाजमा व्याप्त सामाजिक विकृति, विसंगति र रुढीवादी परम्परा विरुद्ध सचेतना अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले चितवनको सबै क्याम्पसहरुको इन्चार्ज तोक्दै नयाँ ढङ्गले सङ्गठनलाई अगाडि बढाउने निर्णयसमेत गरेको छ । यसैगरी असोज ११ गते चितवनमा हजारौं विद्यार्थीसहित जिल्ला सम्मेलन गर्ने निर्णयसमेत गरेको छ ।
बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज उत्सव सीको प्रमुख आतिथ्यता, सेक्रेटरी रुद्र सीको विशेष अतिथ्यता र अखिल (समाजवादी) का केन्द्रिय सचिव तथा नारायणी-मधेस प्रदेश इन्चार्ज अटल सीको विशेष आतिथ्यता रहेको थियो ।

प्रतिक्रियाहरु