‘सुकुम्बासीका समस्या समाधान गर्न राज्य गम्भीर बन्नु पर्छ’

२०८१ जेष्ठ २५ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले सुकुम्बासीका समस्या समाधान गर्न राज्य गम्भीर बन्नु पर्ने बताएका छन। शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय बुद्धनगरमा भूमिहीन सुकुम्बासी अब्यवस्थित बसोबासी नगर , नगर सम्वनय समिति टिकापुर कैलालीका प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।


उक्त प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सुकुम्बासीका समस्या समाधान गर्नु राज्यको दायित्व भएको बताउदै सुकुम्बासीका समस्या समाधान गर्न राज्य नै सुकुम्बासीका पुग्नु पर्ने तर यहाँ सुकुम्बासीले समस्या उजागर गर्दा समेत राज्य मौन बस्नु गम्भीर बिषय भएको बताए।


प्रवक्ता प्रकाण्ड सीले नेकपा सुकुम्बासीका समस्या समाधानको पक्षमा रहेको बताउदै सुकुम्बासीका संघर्षमा पारीको एक्यबद्धता रहेको जनाए। उनले सुकुम्बासीलाई एकताबद्ध भएर समस्या समाधानमा जुट्न आग्रह समेत गरे।


उक्त अवासरमा भुमिहीन सुकुम्बासी अब्यवस्थित बसोबासी नगर , नगर सम्वनय समिति टिकापुर कैलालीका अध्यक्ष पुर्ण पुर्ण सीलेभुमिहीन सुकुम्बासीका समस्या समाधान गर्न नेपाल कम्युनिष्ट पार्टीलाई बिशेष पहल गरिदिन आग्रह गरेका थिए।
नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष दिनेश सीको बिशेष पहलमा भएको उक्त कार्यक्रममा भुमिहीन सुकुम्बासी अब्यवस्थित बसोबासी नगर , नगर सम्वनय समिति टिकापुर कैलालीका अध्यक्ष पुर्ण सीको नेतृत्वमा टोलि काठमाडौँ आएका थिए ।

प्रतिक्रियाहरु