युनिक नेपाल लघुबित्तको कार्यालयमा तालाबन्दी

२०८१ जेष्ठ २५ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले युनिक नेपाल लघुबित्तको कार्यालयमा तालाबन्दी गरेको छ । उक्त लघुबित्तले ऋणीहरुको नाम कालो सुचीमा राखेर धितो समेत लिलाम गर्ने धम्की दिदै डर त्रास दिने गरेको कारबाही गरेको नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले जनाएको छ ।
सो पार्टीले युनिक नेपाल लघुबित्तको कार्यालयमा तालाबन्दी गर्नुकासाथै यस्ता खालका हर्कत दोहर्याए थप कार्बाही गर्न बाध्य जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीद्वारा संञ्चालित संगठन विस्तार तथा जन सम्बन्ध सुदृढ अभियानका क्रममा बेलौरी नगरपालीकाको दोस्रो नगर भेला सम्पन्न गर्दै युनिक नेपाल लघुबित्तलाई कारबाही गरिएको जानकारी गराइएको छ ।
दोस्रो नगर भेलाले नगर इन्चार्ज र सेक्रेटरीमा क्रमश लक्ष्मण सी र रामलाल सीलाई चयन गरेको छ भने १७ सदस्यीय नगर कमिटी समेत चयन गरेको छ । क.लक्षमण सीको अध्यक्षतामा र जिल्ला इन्चार्ज बिराट सीको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सितल सीले गरेका थिए भने अन्य अतिथिहरुमा जिल्ला सचीव दिवार सी, निर्वाचन क्षेत्रका इन्चार्ज रमण सी,गगन सी र अखिल नेपाल महिला संघ कि जिल्ला अध्यक्ष बिनिता सीलगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु