अमेरिकाद्वारा युक्रेनलाई साढे २२ करोड डलरको सुरक्षा सहायता

२०८१ जेष्ठ २६ गते, शनिबार

काठमाडौँ । अमेरिकाले युक्रेनलाई थप २२ करोड ५० लाख डलरको सुरक्षा सहायताको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले
पेरिसमा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भएको भेटमा अमेरिका सधैँ युक्रेनसँगै रहेको बताउँदै सो सहयोगको घोषणा गरेका हुन् ।
अमेरिकी रक्षा विभागले नयाँ सहायता प्याकेजमा गोलाबारुद र विमान विरोधी मिसाइलहरू समावेश हुने बताएको छ।
सुरक्षा प्याकेजमा युक्रेनलाई सबैभन्दा आवश्यक युद्धक्षेत्रको आवश्यकताहरू पूरा गर्न हतियार प्रदान गरिने बताएको छ। यसमा स्टिङ्गर एन्टी–एयरक्राफ्ट मिसाइल, एचआइएमएआरएस सिस्टमका लागि गोलाबारुद र १५५ मिमी तथा १०५ मिमी तोपखाना राउण्ड रहेका छन्।
उत्तरी फ्रान्सको प्रतीकात्मक डि–डे समारोहमा भाग लिएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग कांग्रेसमार्फत नयाँ सहायता प्राप्त गर्न भएको ढिलाइप्रति दुःख व्यक्त गरे ।

प्रतिक्रियाहरु