महासचिव विप्लव सीद्वारा माडीको जनकम्युन अवलोकन

२०८१ जेष्ठ २६ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले चितवनको माडीमा सञ्चालन गरिएको जनकम्युन अवलोकन गरेका छन ।
चितवनको माडीका रहेको २० विघा क्षेत्रफलमा फौलिएको जनकम्युन नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय उत्पादन विभागले सञ्चालन गरेको छ ।
चितवनको माडीमा पार्टीका महासचिव विप्लव सीलाई अवलोकन गराएको विभागले उत्पादन र पछिल्लो बजार अवस्थाबारे जानकारी गराएको थियोे ।


महासचिव विप्लव सीले साढें ५ विघा उत्पादन गरिएको माछा ,४ विघामा चैते धान ,करिव ४ विघा क्षेत्रमा मकै ,कृषि औजार र सिचाईको लागी आधुनिक बोरिङ्ग लगायतका अबलोकन गरेका थिए । अवलोकन कार्यक्रममा केन्द्रिय उत्पादन विभाग माडी शाखाका इन्चार्ज तथा पार्टी पिबिएम सन्देश, सी ,केन्द्रीय सदस्य सिता सी,केन्द्रीय सदस्य अडिग सी,केन्द्रिय प्रतिनिधि सुस्मा सी, विकास सी ,निरग सी , विमर्श सी लगायतको टोली माडी पुगेको थियोे । – प्रकाश डुम्रे

प्रतिक्रियाहरु