नक्कली नोटसहित दुई जना पक्राउ

२०८१ जेष्ठ २७ गते, आईतवार


काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंको कलंकीबाट नक्कली नोटसहित दुई जना पक्राउ गरेको छ । काठमाडौंमा नक्कली नोटको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको ले जनाएको छ । पक्राउ पर्नेमा चिया पसल संचालक ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका-५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ छन्।
कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले तारादेवीलाई पक्राउ गरेको थियो। उनीबाट नेपाली एक हजार दरको ५ सय १४ थान (५ लाख १४ हजार बराबरको) नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा निलिमा श्रेष्ठको संलग्नता देखिएको थियो। उनलाई नागर्जुन-५ पद्मा कोलनीबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। परिसरले यसबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु