नेपाली विशेषताको समाजवाद सम्भव

२०८१ जेष्ठ २८ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मद्येस प्रदेश इन्चार्ज अनिल सीले नेपालमा नेपाली विशेषताको समाजवाद लागू गर्न सम्भव रहेको बताएका छन ।
आइतबार नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्लाको पार्टी कार्यालय उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। उक्त कार्यक्रममा इन्चार्ज अनिल सीले विप्लवको नेतृत्व स्विकार गरे प्रचण्डसहित सबै पूर्व माओवादीबिच एकता सम्भव रहेको बताए ।
कार्यक्रमको नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमल सीले पनि मन्तव्य राखेका थिए भने संचालन जिल्ला सेक्रेटरी जनक सीले गरेका थिए ।

प्रतिक्रियाहरु