प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता

२०८१ जेष्ठ २८ गते, सोमबार


काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार साँझ भएको भेटवार्तामा नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचार विमर्श भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्ड आइतबार नै नयाँदिल्ली पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रियाहरु