सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ

२०८१ जेष्ठ २८ गते, सोमबार


काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेको छ । सीआईबीले बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।
सीआईबीले श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको छ । बैंकले धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख रुपैयाँ बढी कर्जा प्रवाह गरेको भन्दै सीआईबीले यसअघि बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु