विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिनभित्र खाली नगरे कारबाही

२०८१ जेष्ठ २८ गते, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिनभित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ । सोमवार महानगरपालिकाले बानेश्वरस्थित बानेश्वर रत्नराज्य माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरुले भाडामा दिएका सटरहरु खाली गर्न निर्देशन दिएको हो । सात दिनभित्र व्यवसायिक प्रयोजनका सटरहरु खालि नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ । महानगरका मेयर बालेनको निर्देशनमा उक्त अल्टिमेटम जारी गरिएको हो ।
अनुगनका क्रममा काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौं महानगरपालिका सामुदायिक विद्यालयहरुमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताए । उनका अनुसार महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको पाइएको छ । सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरुलाई कक्षाकोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीहरुका लागि नै प्रयोजन गर्ने हेतु यो नीति लिएको हो ।
महानगरले आईतवारबाट यो अभियान अघि बढाएको थियो । यो अभियानले साँघुरो भएका विद्यालयहलाई खेल स्थानको व्यवस्थापन र कक्षा कोठा बिस्तार गर्न सहयोग पुग्ने बताइएको छ ।

प्रतिक्रियाहरु