नेप्से ८ दशमलव ४९ अंकले बढ्यो

२०८१ जेष्ठ २८ गते, सोमबार


काठमाडौँ । नेप्से ८ दशमलव ४९ अंकले बढ्दै२ हजार ८२ विन्दुमा पुगेको छ । १३ वटा उपसमूह मध्ये सोमबार सात वटा उपसमूहको परिसूचक बढ्दा जलविद्युत उपसमूह सर्वाधिक २ प्रतिशतले बढेको छ । यस्तै ६ वटा उपसमूह घट्दा म्युचुअल फण्ड उपसमूह सर्वाधिक ३ दशमलव ७४ प्रतिशतले घटेको छ । सोमबार ३१४ वटा कम्पनीको कारोबार भएकोमा १७६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो ।
सोमबार विभिन्न कम्पनीहरुको एक करोड १६ लाख ३४ हजार कित्ता शेयर ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । सोमबार कुथेली बुखारी जलविद्युत, त्रिशुली विद्युत आयोजना र पिपुल्स पावर जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । तर जानकी फाइनान्सको शेयर मूल्य भने सर्वाधिक ८ दशमलव ६७ प्रतिशतले घटेको छ ।
कारोबार रकमा आधारमा आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ४१ करोड ८७ लाख रुपैयाँको शेयर खदिर विक्री भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु