अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदै

२०८१ जेष्ठ ३० गते, बुधबार


काठमाडौँ । शुक्रबारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । उक्त मेलामा १६ देशका पर्यटन व्यवसायीको सहभागितामा हुने बताइएको छ । अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा हुन लागेको मेलामा १६ देशका १५० भन्दा बढी व्यवसायीका ‘स्टल’ रहने सञ्चालक विष्णु पाण्डेले बताए । उनले भने-‘मेलाको माध्यमबाट मुलुकको दिगो पर्यटन विकास र संस्कृति आदानप्रदानमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौ। ’
मेलामा नेपालसहित भारत, कोरिया, ताइवान, सिंगापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलंका, चीन, थाइल्याण्ड, दुबई, बंगलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन् । यसैगरी मेलामा सातवटै प्रदेशका स्टल पनि राखिने छ । भृकुटीमण्डपमा आयोजना हुने मेलामा नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले सहयोग गरेका सञ्चालक पाण्डेले बताए ।

प्रतिक्रियाहरु