‘कर्णाली-काठमाडौं समाजवादी सम्पर्क मञ्चलाई व्यवस्थित र प्रभावकारी बनाउ’

२०८१ जेष्ठ ३१ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले कर्णाली-काठमाडौं समाजवादी सम्पर्क मञ्चलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यलय काठमाडौंको बुद्धनगरमा बसेको सम्पर्क मञ्चको प्रथम पुर्ण बैठकलाई सम्बोधनगर्दै महासचिव विप्लव सीले उक्त निर्देशन दिएका हुन् ।
महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकले ६ महिने पार्टीको आन्तरिक संगठन शुद्धीकरण तथा जनसम्बन्ध विस्तार अभियान प्रभावकारी बनाउने निर्णय गरेको छ । साथै राष्ट्रिय स्वाधीनता ,जनताका जनजीविका लगायतका विषयमा जनसंघर्ष सञ्चालन गर्ने साथै साम्राज्यवाद विरोधी पार्टी,शक्तिहरु संग सहकार्य र मोर्चाबन्दी गर्ने , माओवादी धारहरुबीचमा धुर्विकरण गर्ने,कम्युनिस्ट ध्रुवीकरणलाई व्यापक बनाउन भुमिका खेल्ने बैठक निर्णय गरेको छ ।
उक्त बैठकको अध्यक्षता कर्णाली – काठमाडौ समाजवादी सम्पर्क मञ्चका इन्चार्ज सुशील सीले गरेका थिए ।

प्रतिक्रियाहरु