उत्तरपुस्तिका हराएको विषयमा गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक गर

२०८१ जेष्ठ ३१ गते, बिहीबार


काठमाडौँ । अखिल (समाजवादी)ले त्रिविको परिक्षा शाखावाट उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न गठित उच्चस्तरिय छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सीेले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिविका पूर्व रजिष्ट्रार प्रा.डा. चन्द्रमणी पौडेलको नेतृत्वमा गठित उच्चस्तरिय छानविन समितिको प्रतिवेदन तथा निकालेको निश्कर्ष तत्काल सार्वजनिक गर्न माग गरेको हो ।
अखिल (समाजवादी)ले घटनाका दोशीहरुलाई तत्काल कडाभन्दा कडा कारवाही गर्न माग गर्दै गम्भिर गल्तीमा संलग्न कसैलाई पनि कुनैपनि बाहनामा बचाउने वा संरक्षण गर्ने विषय आफ्नो संगठनलाई स्वीकार्य नहुने चेतावनी दिएको छ ।
अखिल (समाजवादी)ले जारी गरेको विज्ञप्ति मार्फत नेपाली भाषामा पढाउने तर अंग्रेजी भाषामा मात्र प्रश्नपत्र छपाउने कुरा अवैज्ञानिक भएको उल्लेख गर्दै नेपाली भाषामा नै प्रश्नपत्र आउने वातावरण बनाउन समेत विशेष माग गरेको छ ।
यस बिषयमा अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सीेले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ – ‘त्रिभुवन विर्श्वावद्यालयको परिक्षा नियन्त्रण कार्यालय संग सर्म्विन्धित बिषयमा संगठनका धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञाप्त जारि गरिएको छ ।
१) त्रिविले नेपाली भाषामा पाठयक्रम पढाउने तर अंग्रेजी भाषामा मात्र प्रश्नपत्र छाप्ने अवैज्ञानिक र अव्यवहारिक अभ्यासका विरुद्ध नेपाली भाषामा नै प्रश्नपत्र छाप्न माग सहित हाम्रो संगठन लामो समयदेखि संघर्ष गर्दै आएका थियो । हिजो सम्म भएका परिक्षामा समेत अंग्रजी भाषामा मात्र प्रश्नपत्र आउनुले त्रिविले यसमा यधेस्ट ध्यान नदिएको र प्रार्थामकतामा राखि विशेष पहल नलिएको देखिएको छ । तसर्थ तत्काल यस विषयमा पहल गरि नेपाली भाषामा नै प्रश्नपत्र आउने वातावरण वनाउन विशेष माग गर्दछौँ ।
२) त्रिविको परिक्षा शाखाबाट उत्तरपुस्तिका हराएको विषयमा त्रिविका पुर्व रजिष्ट्रार प्रा.डा. चन्द्रमणी पौडेलको नेतृत्वमा गठित उच्चस्तरिय छानविन समितिको प्रतिवेदन तथा निकालेको निश्कर्ष तत्काल सार्वजनिक गर्न माग गर्दछौं । साथै दोशीहरुलाई तत्काल कडाभन्दा कडा कारवाही गर्न माग गर्दछौ । गम्भिर गल्तीमा संलग्न कसैलाई पान कुनैपनि बाहनामा बचाउने बा संरक्षण गर्ने विषय हाम्रो संगठनलाई स्वीकार्य नहुने पनि स्पष्ट पार्दछौँ ।’

प्रतिक्रियाहरु