अमेरिकाको फ्लोरिडामाआपतकाल घोषणा

२०८१ असार १ गते, शुक्रबार

काठमाडौं । अमेरिकाको फ्लोरिडामा लगातार भारी वर्षा भएपछि आपतकाल घोषणा गरिएको छ। राज्यका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपतकाल घोषणा गरेका हुन्। मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित ब्रोवार्ड र मियामी-डेड काउन्टीका केही भागमा अझै पनि ज्यान लिने बाढीले घर, कम्पनी र सडकहरूलाई असर गरिरहेको बताएको छ।
ब्रोवार्ड र मियामी–डेड दुवै काउन्टीमा सात इञ्चसम्म वर्षा भएको छ। फोर्ट लोडरडेल-हलिउड क्षेत्रमा वर्षाको दर बुधबार १० सेन्टिमिटरसम्म पुगेको छ। सारासोटामा पनि करिब १० सेन्टिमिटर वर्षा भएको छ।

प्रतिक्रियाहरु